शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध रूपमा चिनी ल्याउने विरुद्ध ३ करोड ७२ लाख मागदाबी गर्दै मुद्दा

सोमबार, ०९ जेठ २०७९, १६ : ३८
सोमबार, ०९ जेठ २०७९

राजश्व अनुसन्धान विभागले भारतबाट अवैध रूपमा चिनीको पैठारी गर्ने कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राज ट्रेडर्सका तीन जना सञ्चालक राजकिसोर सिंह कुशवहा, पुस्करकुमार सिंह र भविचन महतो कोईरीविरुद्ध अदालतमा मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनीहरूले मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणाली (भिसीटीएस)मा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेको विवरण २८ पटकसम्म सच्याई अवैध रूपमा चिनी आयात गरेका थिए । उनीहरूले अवैध रूपमा चिनी ल्याएर सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली राजश्व चुहावट गरेको पाइएको छ ।

सोही कारण, विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित)को दफा २ (छ१) बमोजिम कायम भएको ३ करोड ७२ लाख ५८ हजार रुपैयाँ मागदाबी गरिएको छ । उनीहरूविरुद्ध १ करोड ८६ लाख २९ हजार बिगो र १ करोड ८६ लाख २९ हजार रुपैयाँ जरिवाना गरी उक्त मागदाबी गरिएको विभागले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप