
मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले पाण्डेमाथि अनुसन्धानका लागि अदालतले सोमबार ५ दिनको म्याद दिएको रातोपाटीलाई बताए । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।
सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयानसमेत दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ । जुन विषयले सामाजिक संञ्जालदेखि संसदसम्म तातिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ