शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

घरभित्रका पुरुषलाई छाडा हुन नदिऔं : अञ्जना विशंखे

सोमबार, ०९ जेठ २०७९, १६ : १९
सोमबार, ०९ जेठ २०७९

संघीय सांसद अञ्जना विशंखेले आफ्नै घरभित्रका पुरुषलाई छाडा नहुन सम्झाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

उनले महिलाका हकमा कठोर कानुन बनेको भन्दै घर भित्रैका लाई सम्झाउनुपर्ने बताइन् । ‘अब घरमा आफ्नै श्रीमान्, छोरा र बुवालाई अब छाडा हुन पाईंदैन भनेर समेत सम्झाउनुपर्छ ।’ ‘अनावश्यक मुद्दा लाग्ने विषयमा पुरुष आफै पनि सचेत हुनुपर्ने बताउँदै उनले महिला यौन हिंसाका लागि कठोर कानुन ल्याउनुपर्नेमा जोड दिइन् ।

उनले १८ वर्षभन्दा कम उमेरकाले मतदानसमेत गर्न नपाउने अवस्थामा  मिस टिन जस्ता कार्यक्रममा पनि सहभागी गराउन नमिल्ने तर्क गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप