‘फर्गेट एस्टर्डे’ को लोकार्पण
सोमबार, ०९ जेठ २०७९, १५ : ३९
कवि मीना श्रेष्ठको कविता कृति ‘फर्गेट एस्टर्डे’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घ र अमेरिका–नेपाल साहित्य प्रतिष्ठानले आइतबार प्रज्ञा भवन, कमलादी, काठमाडौँमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सो कृति लोकार्पण गरिएको हो ।
उक्त कविता कृतिमाथि नाटककार अशेष मल्ल र साहित्यकार बबिता बस्नेतले समीक्षात्मक मन्तव्य राखेका थिए । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अमेरिका–नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाको उपस्थिति थियो ।
सो कार्यक्रममा शान्ता चौधरीले आफ्नो मन्तव्यसहित लोकार्पित कृतिभित्रको कविता ‘म शान्ता चौधरी’ वाचन गरेकी थिइन् भने कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृतिभित्रका एकएक कविता वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
-
मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु
-
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण