आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले भन्यो : स्थानीय तहको निर्वाचनमा ठूलो सफलता प्राप्त भयो

बुढीगंगा नगरपालिकामा एमालेले धाँधली गरेको आरोप
सोमबार, ०९ जेठ २०७९, १५ : ३६
सोमबार, ०९ जेठ २०७९

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन ठूलो सफलता प्राप्त भएको बताएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेसले ठूलो सफलता हात पारको बताएका हुन् ।

उनले भने, ‘हामी गठबन्धन गरेर निर्वाचनमा गएका थियौँ । यो निर्वाचनमा काँग्रेसले ठूलो सफलता हात पारेको छ । गठबन्धनका दलले पनि राम्रो सफलता हात पार्नु भएको छ ।’ काँग्रेस नेतृत्वको सरकारले निर्वाचन निष्पक्ष गरेको पनि उनले दाबी गरे । तर बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले धाँधली गरेको उनले आरोप पनि लगाए  । ‘काँग्रेसलाई यो स्वीकार्य हुँदैन,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप