सेञ्चुरी बैंकको नयाँ शाखा अब नवलपुरको कावासोतीमा पनि
सोमबार, ०९ जेठ २०७९, १५ : ३५
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई थप सुविधा पु-याउनु उद्देश्यसहित सोमबार कावासोती नगरपालिकाको वडा नम्बर ८ स्थित कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा खोलेको हो ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । योसँगै बैंकको शाखा संख्या १३७ पुगेको छ ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ