अहिलेको गठबन्धन प्रदेश र संघको चुनावसम्म जान्छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि अहिलेको गठबन्धन प्रदेश र संघको चुनावसम्म जाने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन परिवर्तनका पक्षधर पाँच दलबीच गठबन्धन भएको दोहोर्याए ।
तनहुँबासीलाई मुलुक र संविधान बचाउने अभियानमा काँग्रेसलाई जिताएर सहयोग गरेको उनको भनाइ थियो । नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा तनहुँबासीको सहयोग गरेको भन्दै उनले आभार व्यक्त गरे । पौडेलले व्यवस्थालाई स्थायी बनाउन, विकास र समृद्धिलाई अगाडि बढाउने तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको बताए । भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा रहेको उनको भनाइ छ ।
उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए । उनले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मेहनेत र सफलतामा नगरपालिकाको भविष्य जोडिएको उनको भनाइ छ ।
विजयी नेताहरुलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा