
प्रेसमिटमै वरुणले अभिनेत्री कियारलाई बोकेर भागेपछि...
वरुण धवन र कियारा आडवाणी अभिनित फिल्म ‘जुग जुग जियो’ को ट्रेलर रिलिज भएको छ । मुम्बईमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गरिएको हो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता वरुणले अभिनेत्री कियारलाई बोकेर भागेका छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वरुणले किन र केका लागि त्यसो गरे केही खुलाइएको छैन ।
भिडियोमा फ्यानले कमेन्ट बर्षा गरिरहेका छन् । एक युजर्सले लेखेका छन्, ‘हरेक दुलही लिएर भाग्छन् ।’ अर्का एक युजर्सले लेखेका छन् ‘सारै मिलेको जोडी ।’ राज मेहताको निर्देशनमा बनेको फिल्म ‘जुग जुग जियो’ मा वरुण र कियाराको अलवा अनिल कपुर, नीतु कपुर, प्राजक्ता कोली, मनीष पाल, टिस्का चोपडाको मुख्य भूमिका छ । करण जौहर निर्माता रहेको फिल्म २४ जुन २०२२ मा रिलिज हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ