शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका १७ वटै पालिका प्रमुख तथा अध्यक्षले लिए शपथ (फोटोफिचर)

सोमबार, ०९ जेठ २०७९, १४ : १८
सोमबार, ०९ जेठ २०७९

मोरङका १७ वटै स्थानीय पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज शपथ ग्रहण गरेका छन् ।  नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभा हलमा  शपथ ग्रहण गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत लम्सालले  निर्वाचित नगर प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा  शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत लम्सालले  निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्त भित्र रहेर काम गर्न आग्रह गरे ।

निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्न लम्सालले सुझाव दिएका छन् । सबैको साथ सहयोगले निर्वाचन सफल भएको उनले बताए । यसमा साथ सहयोग पुर्याउनुपर्ने सबैलाई धन्यवाद पनि उनले दिए ।

शपथग्रहण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  पनि जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र जनप्रतिनिधि हिँड्नुपर्ने बताएका छन् ।  उनले जनताको मन जित्ने गरि कार्यसम्पादन गरिनुपर्ने बताए । 

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठुलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्ने बताए । पाटीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरु लागिपर्ने उनले बताए ।  कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमति इङनामले  जिल्लामा आफु एक्लै महिलाले प्रमुख भएपनि राम्रो गाउँपालिका चलाउने बताइन् । उनले जनताको मन जित्ने गरि सेवा प्रवाह गरिने बताइन् । 

आज शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी ब्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजै जिम्मेवारी समेत सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप