नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहन्छु : नवनिर्वाचित मेयर लामा
हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहने बताएकी छिन् । उनले हेटौंडा उपमहानगरपालिकाको मेयर पदको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दैै नगरको सर्वागृण विकासको लागि योजनाहरु तयार गर्ने बताइन् ।
उनले निर्वाचन एक प्रतिस्पर्धा भएकोले त्यसका हार जित हुनु स्वभाविक प्रक्रिया रहेको बताइन् । निर्वाचनको नतिजा पश्चात हेटौंडाको विकास र जनताको सेवामा कुनै कसर बाँकी नछोडेने उनको भनाई छ । उनले निर्वाचनको प्रक्रियाका क्रममा आफूसँग पराजित भएका प्रतिस्पर्धीहरुलाई कहिलैपनि विपक्षीको नजरबाट नहेर्ने बताइन् ।
फरक पार्टीबाट उम्मेदवार बनेर प्रतिस्पर्धा गरेपनि उनीहरुको योजनालाई पनि समेटेर अघि बढ्ने लामाले विश्वास व्यक्त गरिन् । लामाले गठबन्धनका दल र नेकपा एमालेले तयार पारेका समृद्ध हेटौंडा निर्माणको योजनाहरुलाई मिलाएर कार्यान्वयनमा लैजाने बताइन् ।
उनले भनिन्,–‘चुनाव एउटा प्रतिस्पर्धा हो । त्यसमा हार जित हुनु स्वभाविक प्रक्रिया हो । हामीले प्राविधिक रुपमा जितेका हौं । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर संगै काम गछौं ।’ नवनिर्वाचित मेयर लामासहित उपमेयर राजेश बानियाँ, १९ वटै वडाका अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । हेटौंडाको पल्पसाहलमा आयोजित कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मेयर लामालाई सपथ ग्रहण गराएका थिए भने उपमेयर बानियाँलाई लामाले सपथ ग्रहण गराएकी थिइन् ।
मेयर लामाले १९ वटै वडाका वडा अध्यक्षहरू र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
बागमतीको संसदीय समितिमा राप्रपाले गर्यो मनोनयन दर्ता
-
प्रचण्ड र ओलीसँग सशङ्कित कांग्रेस, विश्वासको मतमा अवरोध गर्ने योजना
-
करार कर्मचारीलाई निकालेपछि ट्रेड युनियन कांग्रेस धादिङले गर्यो भर्त्सना
-
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल