मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मदिराको नशामा नयाँ बजारमा युवकको हत्या, २ जना पक्राउ

सोमबार, ०९ जेठ २०७९, १३ : ३९
सोमबार, ०९ जेठ २०७९

काठमाडौंको नयाँ बजारमा ३५ वर्षका कान्छा लामा ‘जीवन’ को हत्या भयो । वैशाख २८ मा नयाँ बजारको विष्णुमति पुल नजिकै रहेको ४० वर्षीया गायत्री नगरकोटीको डेरामा हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हत्यापछि विष्णुमति खोलामा फालिएको उनको शव जेठ ५ मा दक्षिणकाली नगरपालिका–१ स्थित पावर हाउस नजिक फेला परेको थियो । मूलपानी बस्दै आएका कान्छा लामा सिन्धुपाल्चोक जुगलका स्थानीय हुन् ।

हत्यामा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुरको गोदावरी नगरपलिका–६ घर भएकी ४० वर्षीया गायत्री नगरकोटी छिन् ।

कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर घर भएका दिपक वाइवा तामाङ मिलेर ‘जीवन’को हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

मदिरा सेवन गर्दा विवाद हुँदा ३ जना मिलेर उनको हत्या गरेको थाहा भएको छ । गायत्री नगरकोटीलाई गलत नजरले हेरेको निहुँमा ‘जीवन’ लाई आक्रमण गरेको आरोपीहरुले प्रहरीलाई बताएका छन् । टाउकोमा हम्मरले हानेर हत्या गरेपछि म्याट्रिस र तन्नाले बेरेर उनीहरुले जीवनको शव विष्णुमती खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न मध्येका दिपक वाइवा तामाङ फरार छन् ।  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप