बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीमा सपथ ग्रहणको विषयमा निम्तियो विवाद

सोमबार, ०९ जेठ २०७९, १३ : १०
सोमबार, ०९ जेठ २०७९

धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।

नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको छ ।

उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूलाई ११ बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसेका थिए । तर, नगर प्रमुख हमाल भने सभा हलमा छैनन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने  जनप्रतिनिधिहरूको प्रमाणपत्र नआउँदा ढिलाई भएको प्रतिक्रिया दिए । उनीहरूको पद तथा गोपनीयताको सपथ कार्यक्रम ३ बजेपछि हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप