तौल कम गर्न चाहनेहरुले यी फल नखानुहोस्
फल र सब्जीले शरीरलाई आवश्यक पोषक तत्व, भिटामिन, मिनरल प्रदान गर्छ त्यसैले यी दैनिक खान सल्लाह दिइन्छ । विज्ञका अनुसार हरेक व्यक्तिले बिहान ब्रेकफास्टमा एउटा फलफूल खानुपर्छ र हरियो सब्जीलाई खानामा समावेश गर्नुपर्छ । डब्ल्यूएचओकमा अनुसार जो व्यक्तिले हरेक दिन कम्तीमा पाँच पटक फलफूल र सागसब्जी खान्छन्, उनीहरुमा मुटुरोग, स्ट्रोक र केही प्रकारका क्यान्सरको खतरा पनि कम हुन्छ । जो व्यक्तिले आफ्नो तौल कम गर्ने सोच बनाएका हुन्छन् उनीहरु धेरैजसो आफ्नो डाइटमा फलफूल र सागसब्जी समावेश गर्छन् । डाक्टर तथा डाइट एक्सपर्ट डा. माइकल मोस्लेले यदि कसैले तौल कम गर्न चाहन्छन् भने उनीहरुले केही फलको सेवन गर्नुहुँदैन, नभए तौल बढ्न सक्छ । त्यस्ता फलबारे जानकारी लिऔँ ।
द मिररका अनुसार डा. माइकल मोस्ले भन्छन्, ‘यदि कोही व्यक्ति स्वस्थ छन् भने उनीहरुले फल खानु राम्रो मानिन्छ तर यदि कोही तौल घटाउनका लागि विशेष डाइट चार्ट फलो गरिरहेका छन् भने उनीहरुले स्याउ, जामुन, अङ्गुर वा एभोकाडो जस्ता फल खान सक्छन् किनभने यसमा निकै कम मात्रामा सुगर हुन्छ । तर आँप, खरबुजा, भुइँकटहरजस्ता फलफूल खानबाट बच्नुपर्छ किनभने यसमा प्राकृतिक सुगर निकै धेरै हुन्छ ।’
डा. मोस्लेका अनुसार एउटा साधारण आकारको आँपमा ४५ ग्राम, अंगुरमा २३ ग्राम, एभोकाडोमा १.३३ ग्राम चिनी हुन्छ । तौल कम गर्न चाहनेहरुले आँप–केराजस्ता फल खानबाट जोगिनुपर्छ तर जो दुब्लो पातलो छन् र तौल बढाउन चाहन्छन्, उनीहरुले यसको सेवन गर्नसक्छन् ।
तौल कम गर्नका लागि कस्ता चिजबाट बच्ने ?
डा. मोस्लेका अनुसार तौल कम गर्नका लागि फुल फ्याट, चिनी र नुनयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ । यसका साथै प्याक गरिएका खानेकुरा पनि जोगिँदा पनि निकै राम्रो हुन्छ । यस्ता खानेकुराले स्वास्थ्यलाई खराब गर्छ । यसका साथै, बिस्कुट वा चिप्सजस्ता खानेकुराबाट पनि जोगिनुहोस् । यदि घरमा यस्ता खानेकुरा छन् भने यसलाई तुरुन्त घरबाट बाहिर निकाल्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल