बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘खल्ती’मा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिङ्क गर्दा १०० रुपैयाँ बोनस

सोमबार, ०९ जेठ २०७९, १२ : ३५
सोमबार, ०९ जेठ २०७९

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ । यस सुविधा सुचारु भएलगत्तै  खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल रु. १०० बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

त्यति मात्र नभएर, एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ । यी सेवाहरूमार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप