बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर युवक बेपत्ता

क्याम्पसको ग्रुपमा लेखे– ‘संसारबाट बिदा लिने समय भयो’
सोमबार, ०९ जेठ २०७९, ११ : ५७
सोमबार, ०९ जेठ २०७९

ललितपुरको सातदोबाटोबाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् ।  आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे– ‘संसारबाट बिदा लिने सयम भयो । साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’ साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए ।

 २४ वर्षका सरोज माबो लिम्बुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धानबाट उनी ललितपुरको लेले क्षेत्रमा रहेको खुलेको छ ।’  सरोजको खोजीमा लेले क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप