आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास सम्भव छैनः मन्त्री बडू

सोमबार, ०९ जेठ २०७९, ११ : ५४
सोमबार, ०९ जेठ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास र उत्पादन वृद्धि सम्भवन नरहेको बताएका हुन् ।

‘निजी क्षेत्र सक्रिय नभइ उत्पादन वृद्धि हुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइ मुलुकको आर्थिक विकास सम्भव छैन ।’ त्यसैले आन्तरिक उत्पादन बढाउने र खपत (उपभोग) बढाउने गरी वृहत अभियान सञ्चालन गर्ने मन्त्री बडूले बताए । उनले त्यसका लागि २०७९–८९ सम्मको एक दशक लामो अभियान सुरू गर्ने बताए ।

उत्पादन र उपभोगको दशक अभियान सञ्चालन गर्न उद्योगलाई प्रतिस्पर्धी बनाउने र उत्पादन लागत घटाउने योजना उद्योग मन्त्रालयले बनाइरहेको उनको भनाइ छ । यसका लागि कच्चा पदार्थमा अनुदान दिने योजना समेत मन्त्रालयको छ । उनले हाल मुलुकको अर्थतन्त्र सकरात्मक स्थितीमा नरहेकाले यसबाट पार पाउँन उद्योगमन्त्री नीति ल्याउँदै उत्पादन बढाउनुपर्ने बताए । 

‘स्वदेशमा रोजगारीको अवसर सृजना गर्नका लागि पनि स्वदेशी उत्पादन बढाउनै पर्छ,’ मन्त्री बडूले भने, ‘अर्थतन्त्र उकास्न निर्यातलाई सक्दो बढाउनुपर्छ ।’ यसका लागि सात वटै प्रदेशमा औद्योगिक क्षेत्र र ७५३ वटै पालिकामा औद्योगिक ग्रामको कल्पना गरिएको र त्यसलाई गति दिन नसकिएको उनले स्वीकारे । यद्यपी, अब अघि बढाउनतर्फ मन्त्रालय अग्रसर रहेको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप