बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तुल्सीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत ल्याए ?

सोमबार, ०९ जेठ २०७९, ११ : १७
सोमबार, ०९ जेठ २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकामा अहिलेसम्म ४९०३३ मतगणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार सो उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खडकाले २०८९४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८९४० मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।

एमालेका उम्मेदवार खड्काले १९५४ मतान्तरसहित अग्रता लिइरहेका छन् । त्यस्तै एमालेबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २०३११ मत ल्याएर अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १४०२३ मत ल्याएका छन् । चौधरीले ६३०८ मतान्तरले अग्रता लिइरहेकी छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप