शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फतुवा बिजयपुर मतगणनास्थल तनावग्रस्त, मतगणना अवरुद्ध

सोमबार, ०९ जेठ २०७९, १० : ४२
सोमबार, ०९ जेठ २०७९

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।

मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा‌ १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ । 

एमाले मेयरका उम्मेदवार बिजय यादव र समाजवादीका उमेदवार अरविन्द यादवले पुन निर्वाचन गर्नुपर्ने बताए । माओवादी केन्द्रका मेयर उम्मेदवार पदम कुमारी तिमल्सिनाले नेपाली काँग्रेसका मेयर उम्मेदवार गोपाल यादवको प्रभावमा परेर मतदान अधिकृत नारायण वाग्लेले उम्मेदवारहरुको बिना सहमति मतगणना गर्न खोजेको बताईन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मानवीय त्रुटिले मत घटबढ हुनसक्ने भन्दै उम्मेदवारबीच सहमति गरेर गणना सुरु गर्नु पर्ने निर्वाचन ऐनमै ब्यवस्था भएको बताए । बढी मत भेटिएपछि फतुवा बिजयपुर मतगणनास्थल तनावग्रस्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप