शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री बने लगत्तै एन्थनीले चीनसँगको विवादबारे के भने ?

सोमबार, ०९ जेठ २०७९, १० : २५
सोमबार, ०९ जेठ २०७९

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो स्थितिमा’ रहने बताएका छन् । क्वाड देशको बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

क्वाड समूहका शीर्ष नेताहरु अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको बैठक टोकियोमा हुने भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो अगुवाइको सरकारमा पनि यो अघि बढ्न जारी रहनेछ ।’

अल्बानीज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बनेका छन् । अष्ट्रेलिया र चीनबीच व्यापार, कोरोनाको उत्पतिलगायत धेरै विषयमा विवाद हुँदा दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अष्ट्रेलियामा मतगणना जारी रहेकाले क्वाड देशको बैठकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्न अल्बानीजले प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

अल्बानी विगत नौ वर्षदेखि विपक्षमा रहँदै आएका छन् । स्कट मोरिसनलाई हराएर उनी अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप