
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साह सुडीले १२ हजार २८३ मत सहित आफ्नो अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साह हिराले ९ हजार ३०३ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ५ हजार १६ मत तथा गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले ४ हजार ८०६ ल्याएका छन् ।
उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोरी साहले १४ हजार ८३२ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रुणा देवी झाले १०५३४ मत तथा रिता कुमारी मिश्रले ५ हजार २५४ मत ल्याएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ