शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सालहा र सनलाई गोल्डेन बुट अवार्ड

सोमबार, ०९ जेठ २०७९, ०९ : ३२
सोमबार, ०९ जेठ २०७९

टोटेनहमका सन ह्युङ मिन र लिभरपुलका मोहमद सलाहले संयुक्त रुपमास प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । प्रिमियर लिगको २०२१÷२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै सलाह र सनले गोल्डेन बुट अवार्ड पाएका हुन् ।

दुबै खेलाडीले समान २३ गोल गरेका थिए । सनले सिजनको अन्तिम खेलमा दुई गोल गरेका थिए । यता सलाहले अन्तिम  खेलमा १ गोल गरेका थिए । त्यस्तै गौल्डेन ग्लोब्सको अवार्ड पनि यस सिजन म्यानचेस्टर सिटीका एडर्सन र लिभरपुलका एलिसन बेकरले बाडेका हुन् ।

दुबैले खेलडाीले यस सिजन २० क्लिन सिट राखेका थिए । सर्वाधिक असिस्टको अवार्ड पनि सलाहले जितेका छन् । उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप