पोखरा महानगरपालिकामा आचार्य र गुरुङको अग्रता
सोमबार, ०९ जेठ २०७९, ०९ : ३०
पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य जीत उन्मुख रहेका छन् । १ लाख २२ हजार २१९ मत गनिसक्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले भने ४५ हजार २६२ मत पाएका छन् ।
उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेकी कोपिला राना एमालेकी मञ्जुदेवी गुरुङसँग पछि परेकी छन् । रानाभाटले ४८ हजार ४९२ मत ल्याउँदा गुरुङले ५१ हजार ५८९ मत ल्याउँदै अग्रता बनाएकी छन् ।