शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा अध्यक्षका लागि शेर्पाले आज उम्मेदवारी दिने

सोमबार, ०९ जेठ २०७९, ०९ : २५
सोमबार, ०९ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । असार ६ गते हुने केन्द्रिय चुनावका लागि अध्यक्ष पदमा उनले उम्मेदवारी दिने भएका हुन् ।

अध्यक्ष शेर्पाको प्यानलले सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारीको घोषणा गर्दै उम्मेदवारी दर्ता गराउने छन् । शेर्पा एन्फाका वर्तमान अध्यक्ष हुन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि अध्यक्ष पदका लागि पंकज नेम्बाङले उम्मेदवारी दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप