जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड
![जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड](https://rpcdn.ratopati.com/media/albums/jazeera_feWAO5lp5m.jpg)
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।
हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेपछि मात्र जजिराले यहाँबाट उडान भर्ने छ । उनीहरूको प्राविधिक अझै आएका छैनन् । यात्रुहरूलाई सुरक्षित रूपमा स्टार होटलम राखिने विमानस्थलका एक अधिकारीले रातोपाटीलाई बताए ।
जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल सार्वजनिक
-
जीतपुरसिमराको नगरसभा बदरको माग गर्दै अदालत रिट, २८ गते दुबै पक्षलाई बोलाइयो
-
१४ मेनपावरले बुझाए ‘फ्री भिसा, फ्री टिकट’ मार्फत कामदार पठाएको विवरण
-
वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण
-
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’
-
कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ : योगेश भट्टराई