शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

सोमबार, ०९ जेठ २०७९, ०८ : ४७
सोमबार, ०९ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्याइरहेकी छन् । 

त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २४ हजार ५८८ मत ल्याएका छन् । ​उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । डंगोलले ४४ हजार ७०५ मत ल्याउँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप