पन्जाबले हैदरावादलाई हरायो
अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाब किङ्सले छैटौं स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ । लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेेकाे हाे ।
पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । यस्तै, शिखर धवनले ३९ रन बनाउँदा जोनी बेरेस्टोले २३ सँगै साहरुख खान र जितेश शर्माले समान १९ रन बनाए ।
हैदराबादका फजालहक फारुकीले दुई विकेट लिए । यस्तै, वासिङ्टन सुन्दर, जगदिस सुचिथ र उम्रन मलिकले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो ।
हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, रोमारियो सेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र आइदेन मार्करमले २० रन बनाएका थिए । पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले समान तीन विकेट लिँदा कगिसो रबाडाले एक विकेट लिएका थिए । जितसँगै १४ खेलबाट १४ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लियो । यस्तै, समान खेलबाट १२ अंक जोडेको हैदरबादले भने आठौं स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे