बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कञ्चनपुरको पुनर्वासमा काँग्रेसले जित्यो मेयर-उपमेयर

सोमबार, ०९ जेठ २०७९, ०८ : १५
सोमबार, ०९ जेठ २०७९

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र ​उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका मेयरका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयरका उम्मेलवार भुलियाकमारी राना विजयी भएका हुन् ।

शर्माले १० हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मतमात्र पाए । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे । उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत पाए ।

एमालेकी सुशिला खत्रीले ५ हजार ३ सय ३ मत प्राप्त गरेकी थिइन् । पुनर्वासमामा काँग्रेस र एमाले एक्लै प्रतिस्पर्धामा थिए भने माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

माओवादी केन्द्रकी नेतृ विना मगरको गृहनगरमा भारी मतान्तरले काँग्रेस विजयी भएको छ । मगरले गोर्खा आधारभूत मतदान केन्द्र पुर्नवास नगरपालिका ३ बाट मतदान गरेकी थिइन् । ०७४ मा मेयर र उपमेयर एमालेले जितेको थियो । यसपटक एमालेबाट काँग्रेसले मेयर र उपमेयर नै खोसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप