पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी
आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
सामाजिक सञ्जालमा बुधबार पीडित युवतीले सन् २०१४ मा आफू सहभागी रहेको सौन्दर्य प्रतियोगितामा आयोजक मनोज पाण्डेले होटलमा बोलाई झुक्याएर नशालु पदार्थ मिसाई खुवाएको र आफू बेहोस रहेको अवस्थामा होटलको कोठामा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् । अभिभावकसँगको पक्षसँगको छलफलपछि प्रहरीले महान्याधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिललगायतका सरोकारवाला निकायसँग कानुनी परामर्श गरेको थियो। मौजुदा कानुनअनुसार १६ वर्ष वा मुनिका बालिका बलात्कार घटनाको अनुसन्धान तथा मुद्दा अभियोजन १८ वर्ष पूरा भएको मितिले एक वर्षभित्र चलाउनुपर्छ।
उक्त मुद्दामा समेत कानुनको हदम्यादको प्रश्न उठ्ने र प्रहरीको अनुसन्धान तथा अभियोजन कमजोर नहोस् भनी शरीर बन्धक तथा मानव बेचबिखन अपराधको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भएको हो। पीडितका अभिभावक प्रहरीमा उजुरी दर्ता गरिनसकेकाले प्रहरीले कुन अभियोगमा टेकेर मुद्दा अघि बढाउने भन्ने सार्वजनिक गरको छैन । सोमबार पीडितका परिवारले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिने तयारी गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा
-
दाङमा बस दुर्घटना, २१ जना घाइते
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी