बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगको उपाधि सिटीलाई

आइतबार, ०८ जेठ २०७९, २२ : ५१
आइतबार, ०८ जेठ २०७९

प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा एस्टोन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।  घरेलु मैदानमा भएको अन्तिम खेलमा सिटीलाई जित दिलाउन गुन्डोगनले दुई र रोर्डिले एक गोल गरे । उता एस्टोनका लागि क्यास र फिलिपे कौटिन्होले एक–एक गोल गरे । 

जितसँगै सिटीले ३८ खेलबाट ९३ अंक जोडेर लिग जित्यो । यता दोस्रो स्थानमा रहेको लिभरपुलले ३८ खेलमा ९२ अंक जोडेर लिग सिजन टुङ्ग्यायो ।  लिभरपुलले सिजनको अन्तिम खेलमा उल्भमाथि ३-१ गोलको जित निकाल्यो । 

सिटीका लागि पेप गर्डिवालाले यो चौथो पटक प्रिमियर लिगको उपाधि जिताएका हुन्  ।  उनी सिटीका लागि लिग चार पटक जिताउने पहिलो प्रशिक्षक हुन् । 

यता लिभरपुल भने यो सिजनको उपाधि जित्नबाट बन्चित भएको छ । तर, च्याम्पियन्स लिगमा उपाधि जिताउने मौका छ । च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुलले रियलका सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप