सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिका–८ मा काँग्रेसको प्यानल विजयी

आइतबार, ०८ जेठ २०७९, २२ : ४०
आइतबार, ०८ जेठ २०७९

काठमाडौँ महानगरपालिका–८ मा नेपाली काँग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् ।  
सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा काँग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ काँग्रेसकी सरस्वती राजवंशी  र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

हाल कामपा–१, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप