धेरै खेल जित्ने लक्ष्य छ : सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत अमेरिका भ्रमण गर्दैछ । टिमका कप्तान सन्दीप लामिछानेले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य भएको बताएका छन् । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।
जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । अमेरिकामा हामी उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य छ । हामी त्यसैका लागि प्रयास गर्नेछौ । विश्वकपको यात्राका लागि हामीलाई यो सिरिज महत्वपूर्ण छ’ सन्दीपले भने ।
२५ जेठदेखि १ असारसम्म हुँदैछ । लिग टू मा यसअघि यी तीन टिमले नेपालमा २०२० मा खेलेका थिए । यस्तै २०२१ मा यी तीन टिमले ओमानमा खेलेका थिए । जसमा सन्दीपले अमेरिकामा हुने टुरका लागि उत्साहित रहेको बताए । उनले टिमको तयारी पनि राम्रो भएको बताए ।
उनले लिग टू सन् २०२३ को विश्वकपको छनोटको आधारको रुपमा अमेरिकामा आफूहरुको प्रदर्शन हेर्न लायक हुने बताए । ‘अमेरिका टुरका लागि उत्साहित छु । त्यसैका लागि केहिदिन अघि जान लागेका छौं । हाम्रो लागि यो टुर सफल हुने आशा गरेको छु,’ सन्दीपले भने ।
सन्दीपले यसअघि अमेरिकाले भिसा नदिएको समेत स्मरण गरे । नेपाल क्रिकेट संघ क्यानले आईतबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा लिग टू बारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।