कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण
मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविनारअविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।
२०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेको थियो । सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष मुक्तानले बताए । ३ करोड १८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको दुई तले भवनमा २६ वटा कोठा रहेको छ ।
२०७७ साल जेठ १५ गते आगलागीका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटार मै रहेको भवानी माध्यमिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ