ट्रयाक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
आइतबार, ०८ जेठ २०७९, १९ : ४८
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।
पूर्वतर्फ गइरहेको से १ त ६८२७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएका छन् । घाइतेको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई ट्रयाक्टरसहित नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार