नेपाल र अफगानिस्तानबीचको खेल रद्द
नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे ।
‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।
यद्यपि नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कने छ । कतारमा रहँदा नेपालले स्थानीय टोलीसँग खेल्नेछ । एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा कप्तान किरण कुमार लिम्बू सहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
-
ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
-
रुसले उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आशङ्का
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया