बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पोखरामा काँग्रेसले जित्यो बहुमत वडाध्यक्ष, एमाले निकै तल

आइतबार, ०८ जेठ २०७९, १९ : ४३
आइतबार, ०८ जेठ २०७९

पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।

वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले काँग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि काँग्रेसले जितेको थियो ।

पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा काँग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा काँग्रेसले जितेको थियो । 

अहिले मेयरमा एमाले पछाडि छ भने उप मेयरमा अग्रता लिएको छ । वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप