आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ९.५ भारु, डिजेल ७ भारुले घट्यो

आइतबार, ०८ जेठ २०७९, १९ : ३०
आइतबार, ०८ जेठ २०७९

भारतमा बढ्दो महङ्गीका बीच केन्द्र सरकारले शनिबार पेट्रोलमा लागिरहेको अन्तशुल्क प्रतिलिटर भारु ८ ले घटाएको छ । त्यस्तै डिजेलमा पनि प्रतिलिटर भारु ६ घट्ने भएको छ ।  इन्धनको उच्च मूल्यका कारण मर्कामा परेका उपभोक्तालाई राहत दिने प्रयासस्वरुप यस्तो कदम उठाइएको हो । 

अन्तःशुल्क कर घट्दा त्यसले अन्य शुल्कमा असर पार्दा पेट्रोलको मुल्य प्रतिलिटर कुल ९.५ भारुले घट्नेछ । त्यस्तै डिजेलमा  प्रति लिटर कुल ७ घट्नेछ ।  पछिल्लो अन्तःशुल्क कटौतीपछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०५.४१ भारुबाट घटेर ९५.९१ भारु पर्नेछ भने डिजेलको मुल्य ९६.६७ प्रति लिटरबाट घटेर ८९.६७ भारु हुनेछ । 

भारतकी केन्द्रीय वित्त मन्त्री निर्मला सिथारमनले ट्वीटमार्फत कर छुटबारे जानकारी दिएकी थिइन् ।  ट्वीटमा सिथारमनले सरकारले ‘उज्याला योजना’ बाट लाभान्वित परिवारलाई खाना पकाउने सिलिन्डरमा २०० भारु को छुट दिने पनि  जानकारी दिएकी छन् । यो छुट एउटा परिवारले वर्षभरिमा १२ सिलिन्डरमा मात्र पाउनेछ ।  

दिल्लीमा १४.२ केजीको एलपीजी सिलिन्डरलाई अहिले १००३ भारु पर्छ। ‘प्रधानमन्त्री उज्याला योजना’ बाट लाभान्वित महिलाले अब प्रत्येक महिना तिनको बैंक खातामा हरेक महिना २०० भारुको अनुदान पाउनेछन् । 
‘केन्द्र सरकारले पेट्रोलमा अन्तःशुल्क प्रति लिटर ८ भारु र डिजेलमा भारु ६ ले घटाएको छ । यसले समग्रमा पेट्रोलको मुल्य ९.५ भारुले र डिजेलमा प्रतिलिटर ७ ले घटाउनेछ । यो कदमबाट राज्यको राजस्वमा झण्डै १ लाख करोड भारु÷वर्षको प्रभाव पर्नेछ,’ ट्वीटमा सिथारमनले लेखेकी छन् ।

सिथारमनले देशका सबै राज्य सरकारलाई तिनको स्थानीय बिक्री कर अथवा भ्याट कटौती गर्न आग्रह गरेकी छन् ।  ‘म सबै राज्य सरकारलाई थप कटौती गरेर आम मानिसलाई राहत दिन आग्रह गर्दछु,’ सिथारमनले भनेकी छन् । –पीटीआईबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप