बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा रेनुले मतान्तर बढाउँदै

आइतबार, ०८ जेठ २०७९, १९ : १९
आइतबार, ०८ जेठ २०७९

भरतपुर महानगरपालिकामा ९९ हजार ६४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३९,४१६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,६६० मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२,८१० मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४१,६६७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,२६७ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप