बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रोहितले पर्सिकबाट इन्डोनेसियन लिग खेल्ने

आइतबार, ०८ जेठ २०७९, १९ : ११
आइतबार, ०८ जेठ २०७९

नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिगा वान फुटबल खेल्ने भएका छन् । डिफेन्सिभ मिडफिल्डर रोहितलाई अनुबन्ध गरेको पर्सिकले आइतबार सामाजिक संजाल फेसबुकबाट जनाएको छ ।

यसअघि रोहितले इन्डोनेसियन लिग पर्सिजा जकार्ताबाट खेलेका थिए । रोहितले यसै साता पर्सिजा छोडेको जनाएका थिए । रोहित २०१७ मा जकार्तामा अनुबन्धित भएका थिए । जकार्ताका लागि रोहितले लिगसहित ४ उपाधि जितेका थिए । रोहितका लागि यो दोस्रो इन्डोनेसियन क्लब हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप