बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

समयमै आयात न्यूनीकरण गर्नुपर्छ – गर्भनर अधिकारी

आइतबार, ०८ जेठ २०७९, १८ : ३२
आइतबार, ०८ जेठ २०७९

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अस्वभाविक आयातलाई न्यूनीकरण गरेर आगामी दिनमा हुने आर्थिक समस्याको संकट टार्न अहिले नै चनाखो बन्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समयमै आयात घटाएर आर्थिक संकटबाट बच्नुपर्ने बताएका हुन् ।

‘ठूलो स्रोत आयातबाट बाहिर गएको हुनाले पनि बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको हो,’ उनले भने, ‘अहिले देखिएको समस्या नेपालको मात्र नभई विश्वका अधिकांश राष्ट्रहरुमा देखिएको छ । गर्भनर अधिकारीका अनुसार अहिलेको समस्यालाई विज्ञहरुले ‘इकोनोमी अफ सर्टेज’ भनेर सम्बोधन गर्ने गरेका छन् ।

विश्वव्यापी मूल्यवृद्धि बढ्दा आयात उच्च भएको उनको भनाइ छ । तर, मूल्य वृद्धिका कारणले मात्रै नभई आयातको परिमाण पनि बढेको उनले बताए । विगतका वर्षमा एक वर्षभरिमा आयात हुने वस्तु चालू आर्थिक वर्षमा ९ महिनामै भित्रिएको उनको तर्क छ । गत आर्थिक वर्षमा १ खर्ब ७५ अर्बको इन्धन आयात भएकामा चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब १८ अर्बको इन्धन आयात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप