बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

आइतबार, ०८ जेठ २०७९, १८ : २७
आइतबार, ०८ जेठ २०७९

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो ।

त्यसक्रममा सत्ता घटक दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझाव दिएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । उनले जेठ १० गते संसदमा पेश हुने सरकारको नीति तथा कार्यक्रममाथि सामान्य छलफल र सुझाव दिएको बताए । ‘सरकारको नीति तथा कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिनुभयो, अरु विषयमा कुनै छलफल भएन’,खड्काको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नीति तथा कार्यक्रम महत्वाकांक्षी भन्दा जनताका समस्या सम्बोधन हुने विषय समेटेर ल्याउन सुझाव दिएको बताए । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुरक्षा जस्ता विषयलाई सरकारको नीति तथा कार्यक्रममा जोड दिनुपर्छ भन्ने मैले सुझाव दिएँ’, नेता नेपालले रातोपाटीसँग भने, ‘कृषिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्ने योजना हुनुपर्छ, चुरे विनाश रोक्ने योजना आउनुपर्छ र नीजगढ विमानस्थल पुरा गर्नेलगायतका योजना समेट्नु पर्छ ।’

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्दैछिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप