बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनले जिते गहना किन्दा छुट अफर !

आइतबार, ०८ जेठ २०७९, १८ : ०९
आइतबार, ०८ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।

सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्यालामा छुट दिने ज्वेलरीले घोषणा गरेको छ ।  न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसाइलीले स्थानीय तहको निर्वाचनलाई आफ्ना ग्राहकलाई छुट दिने अवसरकारूमा लिएको बताए । उनले युवाको आकर्षणकारूपमा रहेका बालेनले जितेमा आफ्नो पसलमा आउने जोकोही ग्राहकले उक्त छुट पाउने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप