बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावे एप्याक डिजिटल इनोभेसन कंग्रेस– डिजिटल इकोनोमीको भविष्यबारे छलफल

आइतबार, ०८ जेठ २०७९, १७ : ४६
आइतबार, ०८ जेठ २०७९

चिनियाँ प्रविधि कम्पनी ह्वावेले डिजिटल इनोभेसन र डिजिटल इकोनोमीको भविष्यबारे छलफल गरेको छ । कम्पनीले आसियान फाउन्डेसनसँगको सहकार्यमा ह्वावे डिजिटल इनोभेसन कंग्रेस छलफल सञ्चालन गरेको हो ।
यस कार्यक्रममा १ हजार ५०० भन्दा धेरै सरकारी अधिकारी, विशेषज्ञ, अनुसन्धानकर्ता र एसिया–प्यासिफिक क्षेत्रको १० भन्दा बढी देशका विश्लेषकहरूको सहभागिता थियो । छलफलमा सूचना प्रविधि क्षेत्रमा भएको प्रगति र उद्योगहरूमा डिजिटल रूपान्तरणको गति, साथै ग्रीन र लो–कार्बन विकास समावेश थियो ।

‘एसिया–प्यासिफिक क्षेत्र संसारको सबैभन्दा साँस्कृतिक र आर्थिक रूपमा जीवन्त क्षेत्रहरूमध्ये एक हो,’ ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले आफ्नो उद्घाटन मन्तव्यमा भने, ‘यसले लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ र अब डिजिटल इनोभेसनमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दछ ।’

कार्यक्रममा आसियान फाउन्डेसनका कार्यकारी निर्देशक याङ मीइङले भने, ‘एक बलियो डिजिटलप्रति टोलीले मात्र समावेशी र फरक डिजिटल एशिया–प्याफिक क्षेत्र हासिल गर्न सक्छ ।’ ‘ह्वावे डिजिटल इनोभेसन कंग्रेस २०२२ ले आसियान फाउन्डेसन–ह्वावे साझेदारीको अर्को महत्वपूर्णमा इलस्टोन जनाउँछ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप