सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अनावश्यक आयात रोक्न ब्याजदर बृद्धि गर्यौं : गभर्नर अधिकारी

आइतबार, ०८ जेठ २०७९, १७ : ४०
आइतबार, ०८ जेठ २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ । 

आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा  आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।   ‘अहिले धेरैजसो उद्योगी व्यवसायीले निक्षेपमा ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भएन यो गलत भयो भन्दै आउनुभएको छ । यो सत्य पनि हो । तर, यसले अन्ततः आयातलाई नियन्त्रण गरेको छ भन्ने हाम्रो बुझाइ हो । यसले तपाई उद्योग व्यवसायीहरुलाई नै केही सहज भएको छ’ गभर्नर अधिकारीले भने, ‘अहिलेको ब्याजदर वृद्धि अनावश्यक आयात वृद्धि रोक्नकै लागि हो ।’

सो अवसरमा गभर्नर अधिकारीले भने, ‘पछिल्लो समय नेपालीहरु जित् पनि मूल्य तिरेर बस्तु खरिद गर्नका लागि तयार भइरहेका छन् । यसलाई निरुत्साहित गर्न आवश्यक छ । तर, हामीले कुनै निश्चित क्षेत्रलाई हेरेर नीति बनाएका होइनौं’ उनले स्पष्टिकरण दिए । 

पछिल्लो समय बैंकिङ ब्याजदर निक्षेपमै अधिकतम ११.०३ प्रतिशत पुर्याउन राष्ट्र बैंकले स्वीकृति दिएसँगै गभर्नर अधिकारीको आलोचना हुँदै आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप