विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु
कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा १ः४० बजे पूर्ण नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त