बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा ९६ हजार ३११ मतगणना सकियो, उपमेयरमा चित्रसेन अधिकारी जित नजिक

आइतबार, ०८ जेठ २०७९, १७ : १९
आइतबार, ०८ जेठ २०७९

भरतपुर महानगरपालिकामा ९६ हजार ३११ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार उपमेयरमा गठबन्धनको साझा उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका छन् । उनले राप्रपाकी उमपेयर उम्मेदवार हिमला गुरुङसँग फराकिलो अग्रता बनाएका छन् ।

अधिकारीले ४० हजार १२१ मत पाउँदा गुरुङले २३ हजार ४४३ मत पाएका छन् ।  वैशाख ३० गतेको स्थानीय निर्वाचनमा भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । यस्तै मेयर पदमा पनि माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका प्रतिस्पर्धी उम्मेदवार विजय सुवेदीसाग मतान्तर ८२९५ को बनाएकी छन् । रेनु दाहालले ३७९२८ मत पाउँदा विजयले २९६३३ मत पाएका छन् । यस्तै स्वतन्त्रध उम्मेदवार जगन्नाथ पौडेलले १२४६३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप