बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानवासीको भरौसा लौरोमा, मेयरमा हर्कराज राई विजयी

आइतबार, ०८ जेठ २०७९, १८ : ५१
आइतबार, ०८ जेठ २०७९

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् । 

राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए । यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् । निर्वाचन आयोगका अनुसार उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने । उपमेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १२९ मत पाएर पराजित बने । राई खानेपानीको मुद्दा लिएर धरानमा लगातार आन्दोलन गर्दै आएका थिए । सोही मुद्दा उठाएवापत उनी धरान क्षेत्रमा लोकप्रिय थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप