गण्डकीमा काँग्रेस र एमाले बराबर
सत्ता गठबन्धनको नेतृत्व दल नेपाली काँग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट काँग्रेसलाई एमालेले रोकेको हो ।
११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि काँग्रेसलाई बराबरीमा एमालेले रोक्न सकेको हो । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल काँग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति छन् । अन्य प्रभावशाली नेताहरू पनि थुप्रै छन् ।
पौडेल गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल तथा अनुगमन गर्न गठित संयन्त्रका संयोजक हुन् । गुरुङ पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ संयोजक हुन् । दुवै नेताले निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पाए । तर, यी महत्वपूर्ण नेता पनि रहेका गण्डकीमा कांग्रेससँग एमाले बराबरी हैसियतमा आएको हो ।
निर्वाचन आयोगले जनाएअनुसार काँग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा सर्वाधिक ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेदवारहरू निर्वाचित भएका हुन् ।
एमालेले सर्वाधिक मनाङको २, लम्जुङको ४, कास्कीको २, तनहुँको ४,स्याङ्जाको ६, नवलपरासी बर्दघाटको ६, मुस्ताङको ४, म्याग्दीको ४, बाग्लुङको १ र पर्वतको २ स्थानीय तह एमालेले जितेको हो ।
माओवादीले भने गोरखामा ९, तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने कास्कीको पोखरा महानगरपालिकामा जित्ने देखिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा) भने यो प्रदेशमा शून्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय