मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारले नमाने अल्मुताइरी अझै दुई वर्ष नेपालमै रहने !

आइतबार, ०८ जेठ २०७९, १६ : ३७
आइतबार, ०८ जेठ २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पछिल्लो समय विवादको घेरामा छन् । राष्ट्रिय टोलीका दश खेलाडीलाई क्याम्प छोड्न बाध्य बनाएका उनी अहिले राष्ट्रिय टोली घोषणा गर्दा झनै विवादमा छन् ।
दश खेलाडीसँग विवाद भएपछि एन्फाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समिति प्रतिवेदन सार्वजनिक गरेपनि अल्मुताइरीको गल्ती देखिएको हो । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबलसँग परामर्श गरेर मुख्य प्रशिक्षक परिवर्तन गर्न बताएको छ । त्यसैमा दुइ मत बाजिएको छ ।

अल्मुताइरीलाई कतार फुटबल एसोसियसनले पारिश्रमिक दिएर पठाएको हो । उनलाई परिवर्तन गर्नका लागि कतार फुटबलको सहमति आवश्यक पर्ने भएको छ । कतार फुटबलले नमाने उनी नेपालमा नै रहनेछन् । यद्यपी एन्फासँग उनलाई बर्खास्त गर्ने अधिकार पनि छ । त्यसका लागि एन्फाले सम्झौता अनुसार अल्मुताइरीलाई दुई वर्षसम्मको पारिश्रमिक दिनुपर्ने हुन्छ ।

एन्फा आफै पछिल्लो समय ऋणमा भएको कारण पनि अहिले अल्मुताइरीलाई हाउने मनसायमा छैन् । उसै पनि छानविन समितिले एएफसी एसियन कपपछि मात्र अल्मुताइरीलाई परिवर्तन गर्ने कुरा गरेको छ ।

यता अल्मुताइरीले एन्फासँग दुई वर्षको सम्झौता गरिसकेका छन् । साफ फुटबलको फाइनलपछि उनले कतार फुटबल एसोसियसनको रोहबरमा नयाँ सम्झौता गरेका थिए । 

‘कतार फुटबलसँग परामर्श गरेर मात्र प्रशिक्षक परिवर्तनको विषयमा जानेछौँ । कतार फुटबलले नमाले अल्मुताइरी नेपालमै रहनेछन्,’ एन्फा अध्यक्ष शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप