खेलाडी–प्रशिक्षक विवाद : प्रतिवेदनको विषयमा चुनावपछि मात्र छलफल हुने
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय फुटबल खेलाडीबीच विवादको विषयमा चुनाव पछि मात्र छलफल हुने भएको छ । एन्फामा छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीलाई परिवर्तन गर्न सुझाव दिएको थियो ।
प्रतिवेदन सार्वजनिक भएपछि एन्फा अहिले चुनावी माहोलमा छ । तत्काल कार्यसमिति बैठक बस्ने वातावरण नभएकाले एन्फाले विवाद समाधानका लागि चुनावपछि मात्र कार्यसमिति बैठक राख्ने निर्णय गरेको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको समयमा प्रशिक्षक–खेलाडीको विषयमा छलफल गरेर निर्णय गर्दा खेलाडीको प्रदर्शनमा असर पर्ने पनि एन्फालाई छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदनको विषयमा एन्फाको चुनावपछि मात्र छलफल हुने बताए । ‘प्रतिवेदनको विषयमा चुनावपछि मात्र छलफल हुनेछ । अहिले नै कार्यसमिति बैठक बस्न कस्ने अवस्था नभएकाले यो विषय असार ६ पछि मात्र हुने देखिन्छ,’ तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान