शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

आइतबार, ०८ जेठ २०७९, १६ : ३१
आइतबार, ०८ जेठ २०७९

 अर्घाखाँची  जिल्लामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको  छ।   जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको  मृत्यु भएको प्रहरीले जनाएको हो । 

शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले  बताए 

 । उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको  छ । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप